काठमाडौँ। लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको तेस्रो बैठक आज बस्दैछ ।
मङलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ । सभामुखमा भने नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन् ।
उपसभामुखका लागि भने तीन जनाको मनोनयन दर्ता भएको प्रदेस सभा सचिव दुर्लभ पुनले बताए । उपसभामुखमा नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव पुनले बताए ।
उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकको प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य वसीउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक रहेका छन् ।
उपसभामुखमा भने सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको प्रस्तावकमा माओवादी नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारू र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता छन् ।
प्रतिक्रिया