• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    घरमा गोली चल्दा ६ महिने बच्चा र आमासहित ६ जनाको मृत्यु

    1.4K
    SHARES



    काठमाडौं । क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको ज्यान गएको छ ।

    उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो ।

    यसको भिडियो टुलारे काउन्टी शेरिफ अफिस (TCSO) को फेसबुक पेजमा पोस्ट गरिएको थियो । मृत्यु हुनेमा १६ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको उनले बताए ।

    यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ। एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया