• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उद्दार कार्य आजका लागि स्थगित, ३ शव अझै भेटिएन

    1.4K
    SHARES



    काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम भोलि बिहान सम्मका लागि स्थगित भएको छ । सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ । ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ ।

    अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन । केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

    आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो । पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटनामा परेको हो । जहाजमा ४ चालक दलसहित ७२ जना सवार रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ