• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    नीति उल्लङ्घन आरोपमा टेन्सेन्टका १ सय भन्दा बढी कर्मचारी कारबाहीमा

    710
    SHARES


    बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १ सय भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ ।

    हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको लगानीकर्ता हो । यस कम्पनीले विश्वभर इन्टरनेट, सूचना प्रविधि तथा कम्प्युटर र अन्य प्रविधिका लागि पुर्जा आपूर्ति पनि गर्छ । तर सन् २०२० को अन्त्यमा चीनको प्रविधि क्षेत्रमा नियम तथा कानुन उल्लङ्घन गरेको आरोपमा व्यापक दमनको सामना गरिरहेको छ ।

    गत नोभेम्बरमा लगातार दोस्रो त्रैमासिक रूपमा आम्दानीमा गिरावट आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै १०० भन्दा बढी कर्मचारीलाई आफ्नो जालसाजी विरोधी नीतिको उल्लङ्घन गरेको आरोप लगाएको छ । तीमध्ये १० जनाभन्दा बढीलाई चीनको सार्वजनिक सुरक्षा निकायमा स्थानान्तरण गरिएको छ ।

    ‘कम्पनीभित्र भ्रष्टाचार र धोखाधडीको समस्याको प्रतिक्रियामा, टेन्सेन्टको जालसाजी अनुसन्धान विभागले आफ्नो कारबाहीलाई सशक्त पार्दै सामान्य समस्यासँगै उल्लङ्घनको श्रृङ्खलाको अनुसन्धान र सामना गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘सन् २०२१ को तुलनामा सन् २०२२ मा अनुसन्धान र कारबाहीमा परेका मुद्दा र कर्मचारीको सङ्ख्यामा वृद्धि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    ती अभियुक्तहरूले कम्पनीको रकम हिनामिना गरेको र घूस लिएको पाइएको छ, जसमा धेरै लाई प्रहरीमा पठाइएको छ र केहीलाई अदालतले समेत दोषी ठहर गरेको छ ।बर्खास्त गरिएका र भ्रष्टाचारको आरोप लगाइएकामध्ये धेरै कम्पनीको समाचार, खेलकुद र चलचित्रहरूमा कम्पनीको व्यापक सामग्री उत्पादनको निरीक्षण गर्ने सार्वजनिक परामर्श समूह शाखाको हिस्सा थिए ।

    तर उनीहरूले टेनसेन्टका क्लाउड कम्प्युटिङ र फिनटेकलगायत अन्य व्यवसायहरू पनि विस्तार गर्छन् । कम्पनीका अनुसार एक कर्मचारीलाई ‘गैर-राज्यकर्मचारीबाट घूस लिएको’ अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोनी माले गत महिना एक आन्तरिक कर्मचारी बैठकलाई सम्बोधन गर्दै कम्पनीमा भएको भ्रष्टाचारको स्तर ‘आश्चर्यजनक’ भएको बताएका थिए ।

    बेइजिङले भिडियो गेममा नियामकीय कारबाही गरेपछि टेन्सेन्टलाई ठूलो धक्का लागेको छ, जसमा सयौं फर्महरूले आफ्ना उत्पादनहरूबाट ‘राजनीतिक रूपमा हानिकारक’ सामग्रीहरू हटाउने र सरकारी मागहरू पालना गर्न कम उमेरका खेलाडीहरूमाथि प्रतिबन्धहरू लागू गर्ने प्रतिज्ञा गरेका थिए । कम्पनीले पुनरुत्थानको सङ्केत देखाएसँगै सन् २०१७ पछि क्रमशः कम हुँदै गएको यसको सेयर अक्टोबर २८ देखि हङकङमा यसको शेयर मूल्य लगभग दोब्बर भएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ