• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्ड र ओलीबिच बालकोटमा ५ घण्टा छलफल

    891
    SHARES


    काठमाडौँ । सरकारलाई पूर्णता दिनेलगायतका विषयबारे प्याकेजमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै ५ घण्टा छलफल भयो ।

    एमाले अध्यक्ष ओली निवास बालकोटमा बिहान १० बजेदेखि दुई नेताबीचको छलफलमा आजै मन्त्रिपरिषदबारे टुंगोमा पुग्ने सहमति भएको छ । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारबारे आजै टुंगोमा पुगिने बताए ।

    त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको सर्वदलीय बैठक भोलि मंगलबार बस्ने पनि बताए । ‘सरकार विस्तारबारे आजै टुंगो लगाइने छ । भोलि विस्वासको मत दिने नेताहरुको बैठक छ । भोलि थाहा हुन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीकै निवासमा लञ्च मिटिङसहितको वार्ताका लागि बालकोट पुगेका थिए । निर्वाचनपछि एमाले नेतृत्वमा बनेको नयाँ समीकरणपछि प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा केन्द्रदेखि प्रदेश सम्मका सरकार विस्तार हुन सकेका छैनन् ।

    ‘वान टु वानमा केके विषयमा कुरा भएको छ भन्ने थाहा हुने कुरा भएन । तर बसाईं हेर्दा निश्कर्षमा पुग्नेजस्तो देखन्छि’, अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईले भने । यसअघि पनि ओली प्रचण्ड कहिले बालुवाटार त कहिले बालकोटमा वान टु वान वार्ता गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ