• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दाङमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय सुशील र १८ वर्षीय विवेकको मृत्यु

    779
    SHARES


    दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

    आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ जाँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

    मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । दुवै जनाको शव शीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ