काठमाडौँ। सुदूरपश्चिम प्रदेशको सभामुख चयन गर्नका लागि आज बस्नलागेको बैठक अन्तिममा आएर स्थगित भएको छ । पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो ।
आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो ।
यस्तै पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यती एयरलाइन्सले जानकारी दिइएको हो । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु रहने छन् ।
आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया