• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मधेश

    मधेश प्रदेशमा आज हुने भनिएको सभामुखको मतदान स्थगित

    2.9K
    SHARES



    काठमाडौँ। आज बोलाइएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ ।

    पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका रहेको थियो ।

    अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको जनाइएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुने सचिवालयले एसएमएसमार्फत जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया