• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विमान दुर्घटनापछि उद्धारका लागि २ सय २७ सशस्त्र प्रहरी परिचालन

    1.7K
    SHARES



    काठमाडौँ। सशस्त्र प्रहरी बलले काठमाडौँ-पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ ।

    आज बिहान काठमाडौँबाट पोखरा  तर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले बताएका छन् ।

    उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विजय केसीको कमान्डमा एक सय ४०, सशस्त्र प्रहरी बल नेपाल हूल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट सशस्त्र प्रहरी निरीक्षक राजेशकुमार सिंहको कमान्डमा ६२ र कुरिनटार गोताखोरबाट १५ जनाको टोली परिचालन गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ