• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दुर्घटनामा परेका यात्रुका आफन्तलाई होटल लेकालीमा बासको व्यवस्था

    3.2K
    SHARES


    काठमाडौं । पोखरामा दुर्घटना भएको यात्रुका आफन्तको लागि नागरिक उड्डयन प्राधिकरणले होटल लेकालीमा निःशुल्क बास बस्ने व्यवस्था गरेको छ ।

    गण्डकी अस्पताल नजिकै रहेको होटल लेकालीमा यात्रुका आफन्तहरुको लागि व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

    यस्तै दुर्घटना भएको जहाजका यात्रुको बारेमा राम लामिछानेलाई ९८०२८२८८०० मा, बास बस्ने स्थानको बारेमा राजिव गुरुङलाई ९८५६०४४९१४ मा, अस्पतालमा आवश्यक सहयोग र समन्वयको लागि हर्क रावललाई ९८०२८११२२२मा र ९८०२८१२१११ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

    यस्तै पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले पनि ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो ।

    उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

    उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । डा. दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनी एमडी अध्ययनको तयारीमा रहेकी थिइन् ।

    ‘ट्रमा सेन्टरले मात्रै चिकित्सक गुमाएन । नेपाल सरकारको कन्सल्टेन्ट सर्जन गुमाउँदा राज्यलाई समेत ठूलो घाटा भएको छ’, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले भने, ‘हामीले देशकै एक कुशल र अर्थोपेडिक तथा स्पाइनल सर्जन गुमाएका छौं ।’

    डा. मरासिनीले थपे, ‘उहाँ एक अनुशासित र इमान्दार चिकित्सक हुनुहुन्थ्यो । उहाँ जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक हुनुहुथ्यो ।’

    सहकर्मी डा. खुल्दिप मंगल जोशीका अनुसार डा. श्रेष्ठ मिलनसार थिए । उनी एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल थिए ।

    ‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले सम्म थाहा पाइन । सबैलाई सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो । पढाइमा अब्बल हुँदा पनि उहाँमा कहिले घमण्ड आएन’, डा. जोशीले सुनाए ।

    शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी थिए । ‘हिजो बेलुका मात्रै हामी सँगै थियौं । म एक दुई दिन बिदामा पोखरा घरमा जान्छु भन्नुभएको थियो’, डा. जोशीले भने, ‘तर, बिहान यस्तो घटना भएको सुनियो । राज्यले एक अब्बल चिकित्सक गुमाएसँगै मैले प्रिय सहकर्मी गुमाए ।’

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ