काठमाडौँ। यती एयरलाइन्सले भाेलि (सोमबार)का लागि निर्धारित सबै उडान रद्द गरेको छ । आज एक सूचना मार्फत कम्पनीले विमान दुर्घटनाको शोकमा भाेलिकाे सबै उडान रद्द गर्ने बताएको हो ।
यद्यपि आपत्कालीन र उद्धार उडानहरू भने सुचारु रहने कम्पनीले जनाएकाे छ ।
कमपनीको ९ एन एएनसी एटीआर ७२-५०० विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया