काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पनि निधन भएको छ ।
पौडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा बिमान दुर्घटनामा परेका हुन् ।
प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक रहेका थिए ।
प्रतिक्रिया