• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सबै हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न सरकारको निर्देशन

    888
    SHARES


    काठमाडौँ । सरकारले हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गर्दै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ ।

    बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग बनाइएको जानकारी गराए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरिएकामा आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।

    बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

    बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ । पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ । ७२ जना सवार रहेको यति एयरलाइन्सको बिमान आइतबार बिहान पोखरास्थित सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ