काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरेको छ ।
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री जिष्णु पौडेलले बताएका छन् ।
कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको मन्त्री पौडेलले जनाएका छन् ।
आयोगको सदस्यहरूमा नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला र हवाई इन्जिनियर सुनिल थापा सहित ५ जना रहेका छन् । आयोगको सदस्य सचिवमा संस्कृति मन्त्रालयका सह-सचिव बुद्धिसागर लामिछाने छन् ।
त्यस्तै दुर्घटनाको शोकमा सरकारले भोलि सार्बजनिक बिदादिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया