• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव भेटियो

    0.9K
    SHARES


    काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी-६९१, ९ एन-एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कमा आएपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका-१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले बताएको छ । विमानमा ६८ यात्रु सवार रहेका थिए ।

    दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले बताएका छन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार रहेका थिए ।

    प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित ४ जान चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर सवार रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ