• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १८ दिनदेखि बेपत्ता ८ बर्षिया भरतको शव गाडिएको अवस्थामा फेला, घरपरिवाबाटै हत्या भएको आशंका

    1.2K
    SHARES



    काठमाडौँ। डडेलधुरामा बेपत्ता बालक बोहोराको शव १८ दिनपछी माटोमुनी गाडेको अबस्थामा फेला परेको छ । १८ दिन पहिले १२ पुसदेखि हराइरहेका आलीताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव माटोमुनि गाडेको अवस्थामा भेटिएको हो ।

    पुस १२ गतेदेखि घरपरिवारको सम्पर्क बाहीर रहेका उनको परिवारले हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएकापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धानको क्रममा प्रहरीले शङ्कास्पदस्थल उत्खनन गर्दा बालकको शव फेला पारेको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।

    बालकको घरमा आमा, सौतेनी आमा र एक जना दाजु रहेका छन् । बुबा भने रोजगारीका लागि घर बाहिर रहेका छन् । घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले दुवै आमालाई नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ