• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाेठमा बाँधी राखेका राँगा चाेरी गर्ने २२ वर्षीय महमद पक्राउ

    2.3K
    SHARES



    झापा। गाेठमा बाँधी राखेकाे राँगा चाेरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    झापा गाउँपालिका-४ का अमालाे मियाँकाे गाेठमा बाँधी राखेका २ वटा राँगा चाेरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

    गएकाे २६ गते राति साढे ११ बजे चाेरी भएकाे थियाे । त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गाेदा नाम गरेका तीन जना व्यक्ति फरार रहेकाे र खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका महमद नाजिरलाई चाेरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया