• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    नेता यादवको निधन

    1K
    SHARES



    नयाँदिल्ली। राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ ।

    केही समयदेखि अस्वस्थ रहेका पूर्वसंघय मन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ७५ वर्षका थिए ।

    यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए । दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने छ ।

    उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया