• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मौसम आंशिक बदली : तत्काल पानी र हिमपात पर्ने समभावना कम

    600
    SHARES


    काठमाण्डाै। आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।

    तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । यी क्षेत्रमा पनि दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

    हुस्सु र कुहिरो लागेका ठाउँमा जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा छ । तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ ।

    काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ