काठमाण्डाै। धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा हिजो बेलुका आगलागी भएको छ ।
बेलुका ७ बजे सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण र ४ घरमा आंशिक गरी ६ घरमा क्षति भएको हो ।
आगलागीबाट बजारको काउली चोक नजिकका घरहरुमा क्षति भएको छ । आगोले सन्तोष राई र झमक थापाको घर पूर्ण तथा डम्बरबहादुर थापा, अर्जुन घिमिरे, लिलाबहादुर थापा र डिगबहादुर खड्काको घरमा आंशिक क्षति पुगेको सुन्दरमान डङ्गोलले जानकारी दिएका छन् ।
आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा गएराति नै निभाइएको छ । आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया