• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अपहरण गरी फिरौती लिने तीन पाकिस्तानी ठमेलबाट पक्राउ

    572
    SHARES


    काठमाडौं । एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु मुहम्मद रासिद, मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैन हुन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुन्छ भन्दै पाकिस्तानबाट काठमाडौं बोलाएर पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई निजहरुले ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।

    उनीहरुले बायोमेट्रिक लगायतका प्रक्रिया पूरा गर्न भन्दै होटलबाट ट्याक्सीमा राखेर पुस २४ गते दिउँसो साढे २ बजे बुढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर निजको आँखामा पट्टी तथा हातखुट्टासमेत बाँधेर बोल्न नसक्ने गरी बन्धक बनाएर राखेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार आरोपित तीनै जनाले पीडितका पाकिस्तानमा रहेका भाइलाई आफू क्यानाडा जान लागेको र ३० घण्टासम्म मोबाइल अफ हुन्छ भनेर म्यासेजसमेत गर्न लगाएका थिए ।

    ३० घण्टापछि पीडितलाई फेरि आफ्नो भाइलाई म्यासेजमार्फत आफू क्यानाडाको इमिग्रेसनमा रोकिएको र पैसा बुझाएमात्र प्रवेश दिन्छ भनेर पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिरामसमेत गरी २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम लिन सफल भएका थिए ।

    रकम लिइसकेपछि उनीहरुले पीडित मोहम्मद सामी खानलाई पुस २६ गते राति अन्दाजी साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनेर छाडी फरार भएको प्रहरीको भनाइ रहेको छ । निजहरुलाई पुस २८ गते बुढानीलकण्ठस्थित भाडाको घरबाट दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ