• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    याे राजनीतिक महाभूकम्पकाे मुख्य पात्र प्रचण्ड भए पनि याेजनाकार ओली हुन् : वामदेव गौतम

    1.1K
    SHARES



    काठमाण्डाै। राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी गरे । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरेका हुन् । तर मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल प्रचण्ड रहेको भनाई थियो ।

    राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा गौतमले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भने, ‘यो स्थिति ल्याउनुमा कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले) का अध्यक्ष । मलाई धेरै पत्रकारहरूले यस पटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर साेध्नुभएकाे थियाे । मैले भनेँ– पात्र त प्रचण्ड नै हो । तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरू छन् । कृष्णलाई मुख्य मान्छन् तर धुनवान चढाएर सबै-सबै समाप्त गर्ने त अर्जुन नै हो । यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’

    सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्रीबनेका भन्दै पुष्पकमल दाहल प्रचण्डलाई धन्यवाद पनि  दिए । उनले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे । सांसद गौतमले नेपालको संविधानमा केही पनि प्रतिपक्ष भन्ने नरहेको जिकिरसमेत गरे । एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाई रहेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ