• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रहरीले पक्राउ गरेपछि ब्ल्याक लाइभ्स म्याटरकी सह-संस्थापकका आफन्तको मृत्यु

    871
    SHARES


    काठमाडौँ। ब्ल्याक लाइभ्स म्याटरकी सह-संस्थापक प्याट्रिस कलर्सका आफन्त केनन एन्डरसनको प्रहरीबाट भागेको केही घण्टापछि मृत्यु भएको छ । किनन एन्डर्सनलाई रोक्नका लागि लस एन्जलिस प्रहरीले टेजर गनको प्रयोग गरेको थियो ।

    यो बन्दुकको प्रयोगले हल्का बिजुली झटका लगाउँछ र तेस्ले पुलिसलाई कसैलाई रोक्न मद्दत गर्दछ । यो घटना जनवरी ३ को हो । ३१ वर्षीय केनन एन्डरसन शिक्षक थिए । उनका छोराछोरी पनि रहेका छन् । उनको सान्ता मोनिका सहरको अस्पतालमा मृत्यु भएको हो ।

    लस एन्जलस पुलिस विभागले जनवरी ३ को शरीरमा राखिएको क्यामराको फुटेज जारी गरेको छ । यसमा एन्डर्सले बारम्बार जान दिनका लागि बोलिरहेका छन् र अधिकारीले उनलाई पक्राउ गरेका छन् । बीचमा उनले यो पनि भने, ‘उनीहरुले मलाई जर्ज फ्लोयड बनाउन चाहन्छन् ।’

    सन् २०२० मा अफ्रिकी मूलका जर्ज फ्लोयडको प्रहरीद्वारा समातिएपछि मृत्यु भएको थियो । सार्वजनिक भएको भिडियोमा एक प्रहरी अधिकारीले जर्ज फ्लोयडको घाँटी घुँडाले थिचिरहेको देख्न सकिन्छ, त्यसपछि उनको मृत्यु भएको थियो ।

    यस घटनापछि, त्यहाँ अत्यधिक विरोध प्रदर्शन भए र ब्ल्याक लाइभ्स म्याटर अभियान सुरु भयो । एन्डरसन वाशिंगटन डीसीका निवासी थिए र लस एन्जलस आएका थिए । नशाको परीक्षणमा उनको रगतमा ड्रग्स पाइएको छ ।

    प्रहरी प्रमुख माइकल मूरले एन्डरसन बुधबार सडक दुर्घटनामा संलग्न भएको पाइएको जानकारी दिए । तर, उनले घटनास्थलबाट भाग्न र अनुमतिबिना अर्काको गाडीमा छिर्ने प्रयास गरेका थिए ।

    सुरुमा, एन्डरसन पुलिसले भने अनुसार नै तल बसे तर जब धेरै पुलिस आए, उनी उठेर भाग्न थाले । उनलाई पक्राउ गर्न प्रहरीले टेजर बन्दुकको प्रयोग गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ