• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    झापामा स्कुल बसको ठक्करबाट एक वृद्धको मृत्यु

    1.1K
    SHARES



    काठमाडौँ। प्रदेश नं १ झापाको गौरादह नगरपालिका-११ मा स्कुल बसको ठक्करबाट ७२ वर्षीया महिलाको ज्यान गएको छ ।

    माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले बिहीबार दिउँसो ३ बजे सोही क्षेत्रकी तुलसा दाहाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बुढी महिला खुट्टामा थिइन् ।

    दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिएकोमा उपचारको क्रममा हिजो राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप आवस्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ