• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चट्याङ लागेर ६३ जनाको मृत्यु

    2.1K
    SHARES


    काठमाडौँ। कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो ।

    सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताए ।

    मृत्यु बाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम)का प्रवक्ता सोथ किम कोल्मोनीले बताएका छन् ।

    उनी चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिएका छन् । ‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उनले सिन्ह्वालाई भने ।

    एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने उनले बताए । प्रवक्ताका अनुसार मेदेखि अक्टोबरसम्म संबि भन्दा धेरै वर्षायाममा चट्याङ लाग्ने गरेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ