पाल्पा । पाल्पामा भएको सवारी दुर्घटनामा एक जना महिलाको ज्यान गएको छ ।
बिहीबार दिउँसो गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्बरको बसको ठक्कर दिंदा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्माको ज्यान गएको हो ।
तानसेन नगरपालिका वडा नंं १२ लुङस्थित सडकमा उनलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी विश्वकर्माको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताएका छन् ।
प्रतिक्रिया