काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ लिएका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका हुन् । नेकपा माओवादीका संसदीय दलका नेता समेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित भएका हुन् ।
यस्तै आफूहरुले सरकारसँग राखेको माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने वातावरण बन्ने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरी बताउँ छन् ।
प्रतिक्रिया