• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जनक शिक्षाको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीको नियन्त्रणमा

    1.8K
    SHARES


    काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएका १३ वटा ट्रक अहिले प्रहरीको नियन्त्रणमा छन् ।

    कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएका ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ ।

    भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाण्डभित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएका ट्रक प्रहरीले होल्ड गरेको हो ।

    सरोकार राख्नेहरूले दिएको सूचनाको आधारमा ट्रकहरू होल्ड गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताएका छन् । उनले भने- ‘केही ट्रकहरू होल्डमा छन् ।’

    जनक शिक्षामा कागज सप्लाई गर्ने जिम्मा वीरगन्जस्थित दुर्गा पेपर मिल र एभरेस्ट पेपर मिलले पाएका छन् । ती कम्पनीले पाठ्यपुस्तक छाप्न प्रयोग गरिने कागज कमजोर गुणस्तरको सप्लाई गरेको उजुरी परेपछि पाठ्यक्रम विकास केन्द्रले अनुगमन गरेको थियो ।

    अनुगमनको क्रममा ९४ जिएसएम भन्दा माथिको कागज सप्लाई गर्ने सम्झौता भएको तर, ती कम्पनीहरुले ७० जिएसएम को कागज सप्लाई गरेको भेटिएको पाठ्यक्रम विकाश केन्द्रका एकजना अधिकृतको भनाइ छ ।

    अनुगमन पछि पाठ्यक्रमले कम गुणस्तरका कागज फिर्ता गरेर सम्झौता अनुसारकै कागज ल्याउन भनेको थियो ।  तर, कागज कम्पनीले त्यहाँबाट फिर्ता लगेको कागज केही दिन मनोहरा खोला छेउको ग्यारेजमा राखेर पुनः त्यहि कागज पठाएको आरोप छ ।

    सम्झौताअनुसार कागजको गुणस्तर ९४ जिएसएम र ‘ब्राइटनेश’ हुनुपर्छ । तर, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झासँग मिलेर कागज कम्पनीहरूले सम्झौता अनुसार ९४ जिएसएमकै भुक्तानी लिएर कम गुणस्तरको कागज सप्लाई गरेको आरोप छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया