• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती राजनीति

    बागमतीको सभामुखकालागि उम्मेदवारी दिने तयारीमा कांग्रेसका शिवराज

    1.5K
    SHARES



    काठमाडौँ। बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

    सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिएका छन् ।

    उनका अनुसार कांग्रेसले बिहीबार बिहान मात्र अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी कांग्रेसको धादिङबाट समानुपातिक कोटामा सांसद बनेका हुन् । त्यस्तै प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक र राजु विष्टमध्ये एक जना उम्मेदवार बन्ने भएका छन् । उम्मेदवारको विषयमा टुंगो लगाउन केही बेरमा राप्रपा बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ ।

    बागमती प्रदेश सभा सचिवालयले विहान १०ः३० बजेदेखि २ः०० बजेसम्मका लागि सभामुखको मनोनयनको समय तोकेको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार मनोनयन दर्ता सकिएपछि दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएको छ । यसैगरि दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ