मकवानपुर। बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ ।
प्रदेश सभा सचिवालयले पनि आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ भने भोलि २९ पुस शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठक र सभामुखको निर्वाचन हुने छ ।
नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरूले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्रावधान रहेको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको गत १८ गते बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको थियो ।
बागमती प्रदेशमा भएको सत्ता समीकरण अनुसार सभामुख राप्रपाको भागमा परेको छ । राप्रपा बाट दलका महसचिव भुवनबहादुर पाठकलाई सत्तापक्षले सभामुखमा उम्मेदवार बनाउने भएको छ । केन्द्रको सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले सभामुख बन्ने लगभग पक्का भएका भएको छ ।
प्रतिक्रिया