• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यी चार प्रदेशका हिमाली भेगमा सामान्य बर्षा र हिमपात सुरु

    1.1K
    SHARES


    काठमाण्डाै। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा सामान्य वर्षा र हिमपात सुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण ती क्षेत्रमा मौसम बदलीसँगै सामान्य वर्षा र हिमपात सुरु भएको हो ।

    आज बुधवार बिहान नेपाल प्रवेश गरेको पश्चिमी वायुको कारण सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा आज र भोलि बिहीवार बर्षा तथा हिमपात गराउने सम्भावना रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन् ।

    अहिले तराईको हुस्सु भने हटेको छ । भोलि बिहानीपख फेरि हुस्सु लाग्ने उप्रेतीले बताए ।

    मौसम पूर्वानुमान महाशाखाले अघि बेलुकी ६ बजे निकालेको मौसम पूर्वानुमान बुलेटिनमा पनि आउँदो ३ दिन पश्चिम क्षेत्रका उच्च पहाड र हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।

    पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमका पहाडी क्षेत्रमा सामान्य वर्षा गराए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको जलवायुविज्ञ उप्रेतीलेबताए छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ