काठमाडौँ । डोटीमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक किशोरीको ज्यान गएको छ ।
शिखर नगरपालिका- १ कि २१ वर्षीया अमिशा शाहीको घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाँदैगर्दा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
प्रहरीले भने किशोरीको मृत्यु बारे आफूहरूलाई कुनै जानकारी नभएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमालाले घटना बारे कुनै जानकारी नआएको पनि बताए ।
जाडो बिदामा घर गएकी मृतक शाही कैलालीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् ।
प्रतिक्रिया