काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधबार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन् ।
प्रतिक्रिया