काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी गराएकी छन् ।
श्रेष्ठका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई थारूहरूलाई माघीको उपहारस्वरुप रेशम चौधरी र टीकापुर घटनाका राजबन्दीहरूलाई माघ महिनाभित्रै रिहाइ गर्ने आश्वान दिएका छन् ।
सुदूरपश्चि प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो । अध्यक्ष चौधरीले सरकारलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षीमा बस्ने बताइन् ।
यससँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र सिंह रावल केही बेरमै मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् । उनले माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न लागेका छन् ।
प्रतिक्रिया