• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हामीले पाएको अवसरलाई सदुपयोग गरेर देशमा नयाँ युगको सुरु गरौँ : प्रचण्ड

    1.3K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले पाएको यो अवसरलाई सदुपयोग गर्ने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल)ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको अवसरलाई तमाम काम गर्न सदुपयोग गर्ने बचन दिएका हुन् ।

    ‘हामीले पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्ने छ । पार्टी निर्माणमा, वाइसीएल बलियो बनाउनेमा, जनताको विकास निर्माणको गतीलाई बढाउन र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नेमा सदुपयोग गर्नु छ’ प्रचण्डले भने, ‘आर्थिक समृद्धिको जुन कल्पना गरेका छौं ।

    त्यसमा मैले सदनमा जुन हिजो प्रस्तुत गरेको छु । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुने छ ।’ यदि युवा नेतृत्वहरू इमानदार भए यहीँबाटै समाजवादको आरम्भ विन्दु बन्न सक्ने प्रचण्डले बताए । प्रचण्डले पार्टी र सरकारलाई यो चुनौतीपूर्ण अवसर सफल पार्नको सहयोग गर्न अपिल पनि गरेका छन् ।

    पार्टीलाई व्यापक रूपमा विस्तार वाईसीएल लाग्न प्रचण्डले निर्देशन दिएका छन् । अहिले पार्टीमा युवाहरूलाई समेट्न २० प्रतिशत कोटा छुट्याएको बताए । ‘हामीले पार्टीमा युवाहरूलाई २० प्रतिशत राख्ने कुरा आवेगमा गरेको निर्णय होइन । युवाहरू सक्रिय भएर पार्टीलाई बलियो बनाउन ल्याएको हो’ प्रचण्डले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ