काठमाडौँ । सुदूरपपिश्चम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार गठबन्धनसँग लिखित प्रतिबद्धता मागेको छ ।
आफूहरुले उठाउँदै आएको माग सुनिश्चिताको विषयमा सो पार्टीले लिखित प्रतिवद्धता मागेको जनाइएको छ ।
यसैबीच प्रदेश सरकारको गठनको विषयमा नागरिक उन्मुक्ति पार्टीको आज डिल्लीबजारमा कोर बैठक बसिरहेको छ ।
बैठकले २ बजेभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लिखित प्रतिवद्धता मागेको बताइएको छ ।
नागरिक उन्मुक्ति स्रोतले भन्यो, ‘प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माओलीबीच भर्खरै टेलिफोन वार्ता भयो ।
वार्तामा उहाँहरुसँग हामीले उठाइएको माग र मुद्दा सम्बोधन सुनिश्चिताको लागि २ बजेभित्र लिखित प्रतिवद्धता मागेका छौं ।
यदि उहाँहरुबाट सो समयभित्र नआएको अवस्थामा अर्को गठबन्धनलाई समर्थन हुन सक्ने भनेका छौ ।’
प्रतिक्रिया