• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    घरायसी विवादमा घिसिङले गरे ३६ वर्षीया श्रीमती प्रमिलाको हत्या

    0.9K
    SHARES


    झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् ।

    इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

    गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

    भोजपुरको अरुण गाउँपालिका-१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ