• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उत्तराखण्डको जोशीमठ सहरमा चिरा पर्न थालेपछि…

    1.8K
    SHARES



    काठमाडौँ। भारतको उत्तराखण्डमा रहेको जोशीमठ सहरका घर र सडकहरूमा चिरा पर्न थालेपछि सरकारले ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको छ ।

    अरू थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    सहरमा रहेको चार हजार पाँच सय घरमध्ये छ सयभन्दा धेरै घरहरू चर्किएकाले बढी जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको मुख्यमन्त्री धामीले बताए ।

    सहरलाई नै जोखिमयुक्त क्षेत्र घोषणा गरेर पीडित परिवारलाई सुक्खा रासन र आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    जोशीमठ रहेको चामोली जिल्लाका मजिस्ट्रेट हिमांशु खुरानाले सहरको अवस्था अध्ययन र थप सहयोगका लागि सङ्घीय सरकारको दुई वटा टोली पनि सहरतर्फ जाँदै गरेको बताए ।

    पर्यावरणीयरूपमा नाजुक हिमाली क्षेत्रमा रहेको जोशीमठका बासिन्दाले लामो समयदेखि खतरा बढेको गुनासो गर्दै आएका थिए । गएको हप्ता एउटा राष्ट्रिय राजमार्गमा हजारौँ प्रदर्शनकारीले अवरोध पुर्‍याएपछि सरकारले सहयोग र अध्ययन सुरु गरेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ