• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँ महानगरद्वारा साइकल र गाडामा व्यापार गर्न रोक्यो

    1.2K
    SHARES



    काठमाडौँ। अबदेखि काठमाडौँ महानगरपालिकाभित्र साइकल र ठेलागाडामा व्यापार तथा व्यवसाय गर्न नपाइने भएको छ ।

    महानगरले जारी गरेको सूचनामा सडकपेटीमा अनाधिकृत व्यापार गर्ने, निजी प्रयोगका सामग्री राख्‍न नपाइने, ठेलागाडा वा साइकलमा राखी व्यापार गर्न नपाइने र सार्वजनिक स्थानमा आवागमनमा अवरोध भएकाले त्यस्ता कार्यलाई रोक लगाइएको उल्लेख गरिएको छ ।

    सूचनाको उल्लंघन गरी फुटपाथमा व्यापार गर्ने, सामग्री जफत गरी वा सार्वजनिक सम्पत्ति कब्जा गरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम महानगरको कानुनअनुसार हदैसम्मको कारबाही गरिने महानगरले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया