काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा आज कन्टेनरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी रमाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।
नयाँबसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई आज दिउँसो साढे १२ बजे ठक्कर दिएको थियो ।
दुवै सवारी साधनसहित कन्टेनर चालकलाई प्रहरी प्रभाग नयाँसपार्कले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरि रहेको छ ।
प्रतिक्रिया