• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आगलागीमा परी विभिन्न ठाउका ३ जनाको मृत्यु

    1.1K
    SHARES



    काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको हो ।

    त्यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-८ लाहापे बस्ने ६५ वर्षीय तुलसा सुनारको आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यस्तै बागलुङको जैमिनी नगरपालिका-५ ठुल्ढुङगा बस्ने ५० वर्षीय धन बहादुर नेपालीको आगलागीमा जलेर गए राति मृत्यु भएको छ । आफ्नो घरबाट करिब १ किलोमिटर टाढा मानिस नबस्ने कच्ची धन्सारमा सुतेको अवस्थामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।

    यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका-४ आमलचौरी बस्ने वीरजंग राईको घरमा खाना पकाउनको लागि आगो बाल्ने क्रममा मंगलबार बिहान आगलागी हुँदा लत्ताकपडा, सुन र चाँदीका विभिन्न गहना लगायतका सामानहरू समेत करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ