• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लखनउ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्याे

    673
    SHARES


    काठमाडौँ । भारतको लखनउमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । घाइते मध्ये कञ्चनपुरको कृष्णपुर नगरपालिका र टीकापुरका थप दुई जनाको उपचार कै क्रममा मृत्यु भएको छ।

    दुर्घटनामा घाइते कञ्चनपुरको कृष्णपुरका दिपक सुनार र टीकापुरका हरि साउदको मृत्यु भएको हो । मृत्यु भएका पाँचै जना नेपालीको सनाखत भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सो दुर्घटनामा पाँच नेपाली र र एक बस चालक भारतीय गरी ६ जनाको मृत्यु भएको छ ।

    सोमबार मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ का ५५ वर्षका चन्द्र साउद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी कार्यालय कैलालीले बताएको छ ।

    भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो । सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ