• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    केपी शर्मा ओलीको भाषणप्रति काँग्रेसको ध्यानाकर्षण, यस्तो भन्छन् देउवा

    1.1K
    SHARES



    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्न सक्ने अभिव्यक्ति दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताए । उनले सरकारको कामकारबाही कस्तो रहन्छ भन्ने कुरालाई मध्यनजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने पनि बताए । उनले भने, ‘अहिले सभाको निर्वाचन सम्पन्न हुनासाथै प्रतिनिधि सभाको विघटन हुनु असामान्य र अस्वाभाविक हुन्छ भन्ने जस्ता प्रत्युत्पादक छलफलमा प्रवेश गर्नुभन्दा पूर्ण कार्यकाल सरकार चलाउन हामी सबै मिलेर गर्न दिनुपर्छ भनेर संविधानको मर्म र भावनाअनुरूप हाम्रा व्यवहार हुनुपर्छ ।

    हामी नयाँ निर्वाचनबाट भर्खरै नयाँ प्रतिनिधि सभामा प्रवेश गरेका छौँ । देशमा विद्यमान चुनौतीहरूलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरू समाधान हुन्छ ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ, जनताको सरोकार जोडिएका विषयमा सरकारको पहल हुन्छ की हुँदैन, देश र जनताको हितमा कसरी कति काम गर्छ यी सबै विषय हेर्न बाँकी छ । यी काम कारबाहीको आधारमा भविष्यमा समर्थन गर्ने र नगर्ने भन्ने बारेमा हाम्रो नीति रहनेछ ।

    प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ । उनले संविधानको संसदीय व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा उठाउनुभएको छ । संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौँ । आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरू तिनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रूपमा उभिने चुनौति हाम्रो सामु छ ।’

    सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्त्वपूर्ण काम भएको पनि बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ