• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    बागमतीमा शालिकरामले लिए सपथ

    1K
    SHARES


    काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त भएका शालिकराम जम्कट्टेलले आज सपथ लिएका छन् ।

    उनले मुख्यमन्त्रीको सपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद्‌समेत गठन गरेका छन् । अन्य दुइ मन्त्रीहरूले पनि सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट सपथग्रहण गरेका थिए ।

    आजै सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि शपथ लिएका छन् । थपलियाले भौतिक पुर्वाधार मन्त्रालय पाएका छन् भने, थापाले बिनाबिभागिय मन्त्रीको सपथ लिए ।

    प्रदेशमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २-२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ