काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान साढे ८ बजेदेखि नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा देउवासहित दुई उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालालगायत नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले आज संसद्मा विश्वासको मत लिने छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ देउवा निवास पुगेर कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका थिए र सो भेटमा देउवाले पार्टीमा छलफल गरेर यसबारे निर्णय गर्ने बताएका थिए ।
प्रतिक्रिया