काठमाडौँ। वेल्स फुटबल टिमका कप्तान गारेथ बेलले फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बेलले ३३ वर्षकै उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेलेका बेलले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । स्पेनिस क्लब रियल मड्रिडका लागि पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका बेललाई वेल्सको सबै भन्दा उत्कृष्ट खेलाडीको रूपमा लिने गरिन्छ ।
साउथाम्पटनबाट टोटेनहमतथा स्पेनिस क्लब रियल हुँदै बेलले जुन २०२२ मा मेजर लिग सकर क्बल लस एन्जेलेस एफसीमा आबद्ध भए । उनले रियल मड्रिडलाई तीन पटक लिगको उपाधि समेत दिलाएका थिए ।
प्रतिक्रिया