• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महिनाबारी हुने उमेर समूहका महिलालाई वार्षिक १५ सय दिने सरकारको निर्णय

    1K
    SHARES



    काठमाडौँ। वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ मा महिनाबारी हुने उमेर समूहका महिलाहरूलाई वार्षिक रकम दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो सार्वजनिक गरिएको उक्त कार्यक्रममा महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन गरिद गर्न वार्षिक रु एक हजार ५०० उपलव्ध गराउने उल्लेख गरेको छ ।

    सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारेका हुन् । १५ पृष्ठको उक्त कार्यक्रममा प्रदुती हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने उल्लेख छ ।

    साथै ग्रामिण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्दार गर्न हवाइ एम्बुलेन्स र एम्बुलेन्सको थप व्यवस्था गर्ने समेत उल्लेख गरिएको छ ।

    वर्तमान सरकार गठनमा सहभागी भएका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रले न्यूनतम साझा कार्यक्रम बनाएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ