• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भक्तपुरमा सिलिण्डर विस्फोट, एक घाइते, दुई घरमा क्षति

    0.9K
    SHARES



    भक्तपुर। सूर्य विनायक नगरपालिका-३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् । विस्फोटमा परी दुई घरमा क्षति पुगेको छ ।

    सिलिण्डर विस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको प्रहरीले जनाएको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

    विस्फोट हुँदा घरको भान्छा कोठा भत्किएको छ भने पार्किङमा रहेको कारको सीसा फुटेको छ । छिमेकीको घरको झ्यालका सिसा फुटेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ