• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    के देउवा प्रचण्डलाई विश्वासको मत देलान त ?

    1.4K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।

    पुस १० मा गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले भोलि विश्वासको मत दिन आग्रह गरेका हुन् । देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ ।

    देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिनुस् । सबैलाई मिलाएर जान्छु भनेर आग्रह गर्नुभो। सभापतिज्यूले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो ।’

    आन्तरिक छलफलका लागि भोलि विहान ८ बजे पदाधिकारी बैठक बोलाइएको भानुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पदाधिकारीसँग छलफलपछि भोलि बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताए ।

    देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि सहभागी रहेका थिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ