• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि मलेसियन प्रहरीद्वारा अनुसन्धान सुरु

    697
    SHARES



    काठमाडौँ । मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । मलेसियन प्रहरीले नेपाली श्रमिकलाई कुटपिट तथा बन्धक बनाउनेहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

    मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमाथि देखिएको समस्या समाधानको चरणमा रहेको जनाएको छ । नेपालीमाथि कुटपिट गर्ने तथा बन्धक बनाउने कम्पनीका अधिकारीहरूलाई मलेसियन प्रहरीले पक्राउ गरेको दूतावासले जनाएको छ ।

    मलेसियाका दुई वटा कम्पनीका काम गर्ने ४१ जना नेपाली श्रमिकले समस्यामा परेको भन्दै दूतावासमा गुनासो गरेका थिए । सोही आधारमा ८ दिनदेखि खाना बस्न समेत नदिएर मानसिक यातना दिइएको थियो । घटनाबारे जानकारी आए लगत्तै दूतावासले समस्या समाधानका लागि पहल थालेको थियो ।

    मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी ‘होङ जे इन्टरप्राईजेज’ (-Hong Tze Enterprise Sdn.Bhd.) मा २८ जना नेपाली काम गर्दै आएका थिए । उनीहरू नेपालबाट खोजी रिक्यूरमेन्टमार्फत ८ सेप्टेम्बरमा मलेसिया पुगेका थिए ।

    काम गर्ने क्रममा नेपालीहरूले सेवा सुविधा कम दिएको, सम्झौता अनुसार काम नदिएको भन्दै विरोध जनाएका थिए । त्यसपछि कम्पनीका प्रतिनिधिहरूले उनीहरूमाथि कुटपिट गरेका थिए ।

    कुटपिट गर्नुका साथै कम्पनीबाट निकालेर अन्यत्र बन्धक बनाएर राखेको भन्दै उनीहरूले मलेसिया रोजगारमा पठाउने खोजी रिक्यूरमेन्टलाई जानकारी गराएका थिए । त्ययसपछि मेनपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र २ जना नेपाली श्रमिक ३ जनवरी २०२३ मा दूतावासमा पुगेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ